arrow
ADVERTISEMENT

भारत दश वर्षपछि टी–२० विश्वकपको फाइनलमा, इङ्गल्याण्ड निरीह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
t20-wc-2024-india-winningt.jpg

काठमाडौँ । भारत दश वर्षपछि टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । सन् २०१४ को विश्वकपको फाइनलमा श्रीलंकासँग पराजित भएपछि भारत अहिलेसम्म फाइनलमा पुग्न सकेको थिएन । 

गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा साविक विजेता इङ्गल्याण्डमाथि ६८ रनको जित हासिल गर्दै भारत फाइनलमा पुगेको हो । 

गुयानाको प्रोभिडेन्स मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १७१ रन बनायो । 

कप्तान रोहित शर्माले ३९ बलमा ५७ तथा सूर्यकुमार यादवले ३६ बलमा ४७ रन बनाए । हार्दिक पाण्डेयाले १३ बलमा २३ रन बनाए । 

क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए । 

जवाफमा इङ्गल्याण्डले १६.४ ओभरमा अलआउट हुँदै १०३ रनमात्र बनाउन सक्यो । ह्यारि ब्रुकले सर्वाधिक २५ रन बनाएको इनिङ्सलाई ध्वस्त पार्ने क्रममा कुलदीप यादव र अक्षर पटेलले समान ३ तथा जसप्रित बुमराहले २ विकेट लिए । 

फाइनल खेल शनिबार राति
फाइनल खेल शनिबार राति ८ः१५ बजेदेखि शुरु हुनेछ । फाइनलमा भारत र दक्षिण अफ्रिका भिड्ने छन् । 

दक्षिण अफ्रिका पहिलो पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो । अहिलेसम्म सेमिफाइनलसम्म मात्र पुग्दै आएको दक्षिण अफ्रिका बिहीबार बिहान टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेर कीर्तिमान रचेको हो । 

टारोउवामा भएको सेमिफाइनलमा दक्षिण अफ्रिकाले पहिलो पटक सेमिफाइनलमा पुगेर कीर्तिमान रचेको अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको हो । 

यसअघि सात पटक सेमिफाइनलबाटै बाहिरिँदै आएको छ । यसपालि समूह चरणमा पनि दक्षिण अफ्रिकाले भाग्यले खेल जित्दै आएको छ । 

नेपालसँग हार नजिक पुगेर पनि दक्षिण अफ्रिका १ रनले विजयी भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ