arrow

कबड्डीमा कास्की च्याम्पियन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
kaski-team.jpg

पोखरा । कास्कीले गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डीको उपाधि जितेको छ । पोखरामा बिहीबार सम्पन्न प्रतियोगितामा तनहुँलाई ४५-३८ अंकले पराजित गर्दै कास्कीले उपाधि जितेको हो ।

विजेता कास्कीले नगद रु ५० हजार र उपविजेता तनहुँले नगद रु ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।

प्रतियोगितामा सेमिफाइनलमा तनहुँले बाग्लुङलाई ४५-४३ को झिनो अंकको जित हात पार्दै फाइनल प्रवेश गर्दा कास्कीले म्याग्दीलाई ४१-२८ ले पराजित गरेका थिए ।

प्रतियोगितामा तृतीय हुने दुई टिम म्याग्दी र बाग्लुङले समान नगद रु ३०-३० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

विजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषद् गण्डकीका महाशाखा प्रमुख रामप्रसाद आचार्य, प्रदेश कबड्डी संघका अध्यक्ष पवनकुमार प्रजापति, पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, कबड्डी संघका केन्द्रीय सदस्य विन्दु थापा, निराजन श्रेष्ठ, गण्डकी कबड्डी संघका सचिव हरि जिसीलगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा हालै बंगलादेशमा सम्पन्न बंगबन्धु अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाली टिमका सदस्य बाग्लुङ निवासी विशाल थापालाई सम्मान गरिएको थियो ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश कबड्डी संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा ९ जिल्लाको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ