arrow

बंगलादेशमा भएको भेट्रान एथलेटिक्समा धर्म र पुष्पलाई स्वर्ण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १५ शनिबार
athletics-dharma-pushpa.jpeg

काठमाडौँ । नेपाली भेट्रान धावक धर्म महर्जन र पुष्पलाल श्रेष्ठले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा स्वर्णपदक जितेका छन् ।
    
बंगलादेशको ढाकामा भएको प्रतियोगितामा धर्मले ५० वर्षमाथि १० हजार मिटर दौडमा स्वर्ण जितेको टोली नेतृत्व गरेका बुद्धवीर लामाले जनाएका छन् । 

प्रतियोगितामा धर्मको यो व्यक्तिगत दोश्रो स्वर्ण हो । यसअघि धर्मले ५ हजार मिटर दौडमा पनि स्वर्ण जितेका थिए । पुष्पलालले पनि १० हजार मिटर दौडमै ६५ वर्षमाथि उमेरसमूहमा पहिलो स्थान हात पारे । सोही दूरीको ४० वर्षमाथि लाक्पा शेर्पा लामा पाँचौं स्थानमा रहे ।

 प्रतियोगितामा नेपालबाट ६ जना भेट्रान धावकले प्रतिस्पर्धा गरेका थिए । नेपालले ५ स्वर्ण, १ रजत र १ कांस्य पदक जित्यो ।

यसअघि ६५ वर्षमाथि ५ हजार मिटर दौडमा गीतकारसमेत रहेका बुद्धवीर लामा स्वर्ण तथा रैवत दाहालले ५० वर्षमाथि ५ हजार मिटर दौडमा रजत र १ हजार ५ सय मिटर दौडमा रजत जितेका थिए । ५५ वर्षमाथि ५ हजार मिटर दौडमा दीपककुमार रन्जितले कांस्य हात पारे । टोली मंगलबार स्वदेश फर्किदैछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ