arrow
ADVERTISEMENT

टी–२० विश्वकप 

उपाधिका लागि भारतले दक्षिण अफ्रिकालाई दियो १७७ रनको चुनौती

कोहलीको शानदार ७६ रन, पटेलले बनाए ४७ रन 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १५ शनिबार
t20-wc-2024-kohli-final.jpg

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको फाइनलमा भारत र दक्षिण अफ्रिका भिडिरहेका छन् । बारबाडोसमा भइरहेको खेल जितका लागि भारतले १७७ रनको चुनौती दिएको छ । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १७६ रन बनायो । 

विराट कोहलीले ५९ बलमा ७६ रन बनाए । कोहलीसँग चौथो विकेटका लागि ७२ रनको साझेदारी गर्ने क्रममा अक्षर पटेलले ३१ बलमा ४७ रन बनाए । 

त्यस्तै पाँचौँ विकेटका लागि कोहलीसँग ५७ रनको साझेदारी गर्ने क्रममा शिवम दुबेले १६ बलमा २७ रन बनाए । 

आक्रामक शुरुआत गरेको भए पनि भारतले ३४ रन बनाउँदा ३ विकेट गुमाएको थियो । कप्तान रोहित शर्मा ५ बलमा ९ रन बनाएर आउट भए भने ऋषभ पन्त रनको खाता नखोली आउट भए । त्यस्तै सूर्यकुमार यादव पाँचौँ ओभरमा ४ बलमा ३ रन बनाएर आउट भए । 

केशव महाराज र एन्रिच नोट्जेले २–२ विकेट लिएका छन् । 

टी–२० विश्वकपमा भारत दोस्रो तथा दक्षिण अफ्रिका पहिलो उपाधिको खोजीमा छ । दक्षिण अफ्रिका कुनै पनि शैलीको विश्वकपमा पहिलो पटक फाइनलमा पुगेको हो । 

समूह चरणमा जित्न निकै संघर्ष गरेको दक्षिण अफ्रिकाले नेपाललाई १ रनले हराएको थियो । 

सन् २०१४ को विश्वकपको फाइनलमा श्रीलंकासँग पराजित भएपछि भारत अहिलेसम्म फाइनलमा पुग्न सकेको थिएन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ