arrow
ADVERTISEMENT

टी–२० विश्वकपको उपाधि भारतलाई, फाइनलमा दक्षिण अफ्रिका ७ रनले पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १५ शनिबार
t20wc-2024-winner-india.jpg

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । फाइनलमा विश्वकप क्रिकेटको अभागी टिम दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले उपाधि जितेको हो । 

समूह चरणमा दक्षिण अफ्रिकाले नेपालमाथि मात्र एक रनको जित हासिल गरेको थियो । त्यस्तै बंगलादेशलाई चार रनले हराएको थियो । भाग्यशाली हुँदै पहिलो पटक फाइनलमा पुगे पनि भारतमाथि भने दक्षिण अफ्रिकाले जित हासिल गर्न सकेन । 

फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १७६ रन बनायो । 

विराट कोहलीले ५९ बलमा ७६ रन बनाए । कोहलीसँग चौथो विकेटका लागि ७२ रनको साझेदारी गर्ने क्रममा अक्षर पटेलले ३१ बलमा ४७ रन बनाए । 

त्यस्तै पाँचौँ विकेटका लागि कोहलीसँग ५७ रनको साझेदारी गर्ने क्रममा शिवम दुबेले १६ बलमा २७ रन बनाए । 

केशव महाराज र एन्रिच नोट्जेले २–२ विकेट लिए ।

जवाफमा दक्षिण अफ्रिकाले ८ विकेटको क्षतिमा १६९ रन बनाउन सक्यो । 

दक्षिण अफ्रिकाका लागि हेन्रिच क्लासेनले २७ बलमा ५२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । 

भारतका लागि हार्दिक पाण्डेयाले ३ तथा अर्शदीप सिंह र जसप्रित बुमराहले २–२ विकेट लिए । 

भारतको यो टी–२० को दोस्रो विश्वकप उपाधि हो । यसअघि भारतले टी–२० विश्वकपको पहिलो संस्करण सन् २००७ मा जितेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ