arrow

राष्ट्रिय केन्पोकाईमा अनमोल पहिलो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
national-kenpokai-pokhara.jpg

पोखरा । पोखरामा छैटौँ केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ६ प्रदेशका २ सय भन्दा बढी खेलाडीको सहभागिता थियो ।

महिला र पुरुष विधामा विभिन्न उमेर समूहबीच प्रतिस्पर्धा भएको थियो । पुरुष विधामा खुला तौल समूहतर्फ अनमोल मल्ल प्रथम भए । मनिष पुलामी मगर दोस्रो, रोशन परियार र आर्यन पाण्डे तेस्रो भए ।

६० केजी तौल समूहमा सुशिम रानामगर च्याम्पियन बने । मिसन लिम्बु दोस्रो, अप्सन परियार र अरुण लिम्बु तेस्रो बने । ५५ केजी तौलमा सञ्जिव शाह ठकुरी प्रथम, आशिष लोकेन्द्री दोस्रो र शक्ति तामाङ र प्रयुश राई तेस्रो भए ।

५० केजीतर्फ रिवाज थापा प्रथम, अंकित सुनार दोस्रो, जेम्स विक र रोहन क्षेत्री तेस्रो भए । ४५ केजी तौल समूहमा विशाल बुढामगर प्रथम, झलक थापा मगर दोस्रो, रेशम विक र नवीन परियार तेस्रो बने ।

४० केजी तौल समूहमा निश्चल विक पहिलो, कृष थापा दोस्रो, रुद्र गौतम र आभास श्रेष्ठ तेस्रो बने । ३५ केजी तौल समूहमा हेसाङ सारु मगर प्रथम, आरुषसिंह ठकुरी दोस्रो, प्रयास गुरुङ र सन्देश पुन तेस्रो भए ।

३० केजीतर्फ सुशान्त थापा प्रथम, भैभव भण्डारी दोस्रो, समिर गुरुङ र रविन ठकुरी तेस्रो भए । २५ किलो तौल समूहमा सुमन विक प्रथम, ओशन मगर दोस्रो, रिशव चौधरी र एक्रीत राई तेस्रो भए ।

यस्तै, महिलातर्फ खुला तौल समूहमा नीतिशा राना मगर च्याम्पियन बनिन् । रोजिना गुरुङ दोस्रो हुँदा पूर्णीमा लियो मगर र केजीया क्षत्री तेस्रो बने । ५० केजी तौलतर्फ प्रशन्ना क्षत्री प्रथम, नीम्रित शाह दोस्रो, दीपिका बोहोरा र सुमी गुरुङ तेस्रो बने ।

४५ केजी तौल समूहमा सन्ध्या लामा प्रथम, कञ्चन लिम्बु दोस्रो, ममता थापा र कुमा पुन तेस्रो भए । ४० केजी तौल समूहमा वीशिषता राई प्रथम, क्रिस्टिना कार्की दोस्रो, वर्षा गुरुङ र सीम्रन केसी तेस्रो भए । ३५ केजी तौल समूहमा पार्वती तामाङ प्रथम, मीरिस्मा पौडेल दोस्रो, सभ्यता बराल तेस्रो र सरगम गुरुङ तेस्रो बने ।

३० केजी तौल समूहमा मनिषा गिरी प्रथम, ओशन थापा दोस्रो, प्रीतिशा खनाल र अक्षता ढुंगाना तेस्रो भए । २५ केजी तौल समूहमा प्रीतिशा गिरी प्रथम, नुमा लिम्बु दोस्रो, दीपशिखा सिग्देल र सीम्रन क्षत्री तेस्रो भए ।

प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापा, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्मा, गण्डकी प्रदेश केन्पोकाई संघका अध्यक्ष प्रगत कायस्थ र साउन एसियन केन्पोकाई ब्राञ्च चिफ नाराजबहादुर खड्का (हरि)ले विजयी खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ