arrow
ADVERTISEMENT

जनमतको अपमान भएको महसुस

च्याँखेदाउ थाप्ने प्रचण्ड विरुद्धको अभियानमा टुंगोमा पुग्लान् त देउवा–ओली ? 

आफूलाई साइजमा राख्ने गरी प्रचण्डले देउवासँग भेटघाट गरेको चाल पाएका ओलीले प्रचण्डलाई दिएनन् भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
prachanda-deuba-oli-81-2-5.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भक्तपुरस्थित बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिमा च्याँखे दाउ थापेर बस्नेहरुका कारण जनमतकै अपमान भएको बताएका छन् । 

उनले कांग्रेस एमालेमध्ये एक दलले सत्ताको नेतृत्व गर्दा मात्रै जनमतको सम्मान हुने बताएका छन् । ओलीले पनि देउवाको कुरालाई स्वीकार गरेका छन् । 

यद्यपि सरकारको नेतृत्वको विषयमा भन्दा शनिबारको भेटमा केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक कार्यक्रममा बोलेको भनाइका बारेमा छलफल भएको थियो । 

आफ्नो दलको संख्या जादमयी रहेको बताएका प्रचण्डले देउवा र ओलीसँग समानान्तर सम्बन्ध बढाउन खोजिरहेका छन् । बिहीबार देउवालाई भेटेका प्रचण्डले शुक्रबार ओली र देउवालाई बालुवाटारमै भेटेका थिए ।

ओलीलाई साइजमा राख्ने गरी प्रचण्डले देउवासँग भेटघाट गरेको चाल पाएका ओलीले प्रचण्डलाई भने भाउ दिइरहेका छैनन् ।  
 
स्वास्थ्यमा सामान्य समस्याका कारण शनिबार कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नभएको भनिएका ओलीलाई भेट्न देउवा बालकोट पुगेका थिए । 

दुई नेताबीच वान टु वान भेटवार्ता भएको थियो । कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुले एकापसमा छलफल र संवाद चलाएर दुई पार्टीबीच सहकार्य हुनुपर्ने अभिव्यक्ति दिँदै आएकै बीच दुई शीर्ष नेताहरुबीच भएको भेटवार्ताले ती पार्टीभित्र तरंग ल्याएको छ । 

तर ओलीले अहिले नै सत्ता परिवर्तनबारे सोचिनसकेको बताए पनि साथीहरु र सचिवालयका सदस्यहरुसँग छलफल गरेर निष्कर्षमा पुग्ने वचन दिएका छन् ।

‘ओली र देउवाबीच सौहार्दपूर्ण रुपमा भेटघाट भएको छ, खासगरी अहिलेको सत्ता समीकरण र भोलिका दिनमा कांग्रेस–एमालेमध्ये एकले सरकारको नेतृत्व गरेर जाँदा आउने अंकगणितीय समस्याको बारेमा पनि छलफल भएको स्रोतको दाबी छ ।
 
संक्रमणकालीन न्याय (टीआरसी) राजनीतिक सहमतिमै टुंग्याउन प्रधानमन्त्री प्रचण्डसँग एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाले छलफल गर्दै आएका भए पनि शनिबार दुई शीर्ष नेताहरुको भेटलाई भने राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ ।  

सत्ता घटककै अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर आएको आँधीले सत्ता समीकरणमै असर पुग्ने अवस्था भएपछि प्रचण्डले देउवाको साथ खोजेका थिए ।

देउवाले यतिबेला सरकार बनाउने र सत्तामा फर्कनेबारे केही सोच नभएको जवाफ दिएको स्रोतको दाबी छ । तर बालकोट पुगेर देउवाले एमालेको नेतृत्व वा ओलीको नेतृत्वमा सरकार बनेमा कांग्रेसले सहयोग गर्ने बचन दिएको स्रोतले जनाएको छ । 

उता ओलीले प्रदेश सरकारको संरचना पनि फेरबदल हुने भएकाले तत्कालै त्यतातर्फ नलाग्ने हो कि भन्ने आशय व्यक्त गरेको स्रोतको दावी छ ।

‘घुमाइफिराइ देउवाबाट ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव आएको सत्य हो तर ओलीले अहिलेसम्म जवाफ दिएका छैनन्’, बालकोट स्रोतले भन्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ