arrow
ADVERTISEMENT

विश्वकप जितेको भारतलाई १२५ करोड पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
t20-wc-2024-winner-india.jpg

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले टी–२० विश्वकप जितेको भारतीय क्रिकेट टिमलाई १२५ करोड भारु पुरस्कार दिने घोषणा गरेको छ ।

बोर्डका सचिव जय शाहले टिम, प्रशिक्षक, सपोर्ट स्टाफलाई बधाई दिँदै १२५ करोडको पुरस्कार राशीको घोषणा गरेका हुन् ।

भारतले शनिबार राति सम्पन्न टी–२० विश्वकपको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै दोस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको थियो ।

यसअघि भारतले सन् २००७ को पहिलो संस्करण पनि जितेको थियो । त्यसबाहेक भारतले एक दिवसीयमा सन् १९८३ र सन् २०११ मा उपाधि जितेको थियो । 
    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ