arrow

एमालेका मन्त्रीहरु ‘हाइ अलर्ट’मा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेका मन्त्रीहरु यतिबेला ‘हाइ अलर्ट’ मा रहेका छन् । पछिल्लो राजनीतिक उतारचढावबीच एमालेका मन्त्रीहरुलाई ‘हाइ अलर्ट’ मा राखिएको बालकोट उच्च स्रोतले बताएको छ । 

एमालेका एक मन्त्रीले पनि त्यसलाई पुष्टि गरेका छन् । उनले यसलाई सिधै भन्न नचाहे पनि आफूहरु जतिबेला पनि ‘हाइ अलर्ट’ मै रहेको बताए । 

उनीहरुलाई कुनै पनि राजीनामा दिन पर्ने अवस्था आउने भन्दै ‘हाइ अलर्ट’ मा रहन भनिएको हो । पछिल्लो समय प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भन्दा बाहिर गएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलमा रहेपछि देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच गम्भीर छलफल भएको थियो । 

उक्त छलफलपछि एकाएक तरंगित भएको राजनीतिले अर्कै मोड लिने संकेत दिइरहेको छ । यद्यपि शनिबारको देउवा र ओलीको भेटपछि केही अताल्लिएका प्रचण्डले ओलीसँग दुई पटक छलफल गरिसकेका छन् । 

ओली र देउवाको छलफलपछि देउवाले कांग्रेसको पदाधिकारी बैठकसमेत बोलाएका छन् । यसले थप तरङ्ग पैदा गरेको छ । 

प्रचण्डले आफूसँग जादूमयी सांसदहरुको संख्या रहेको उल्लेख गर्दै आफू बिना सरकार गठन नै नहुने तर्क गर्दै ओली र देउवासँग समानान्तर शैलीमा हिँड्न खोजेसँगै दुई ठूला पार्टीका प्रमुखबीच एकाएक गम्भीर वार्ता भएको हो । 

२०७९ को पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्डले दुई पटक काँध फेरिसकेका छन् भने अर्को काँध फेराइको संकेत र उतारचढावको चर्चासँगै सत्ता गठबन्धन तरंगित भइरहेको छ । 

पहिले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग लागेका प्रचण्ड अचानक कांग्रेससँगै टाँसिन आइपुगेका थिए । त्यसपछि गत फागुनमा फेरि एमालेलाई झुक्याए भन्दा पनि अप्रत्याशित तरिकाले कांग्रेसलाई झुक्र्यार प्रचण्ड फेरि एमालेतिरै लागे । 

अहिले अचानक समीकरण बदलिँदै जान लागेको बुझ्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ