arrow

सांसद शर्माको केएमसीको टोली पाँचखालमा, ५५५ बिरामीको उपचार 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
kmc-81-3-17.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको पाँचखालमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

विभिन्न संस्थाको आयोजनामा पाँचखालको भक्रमदेवी मावि पाँचखाल–२ मा आयोजित स्वास्थ्य शिविरमा ५५५ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये ६५ जनाको ईसीजी, ३१ जनाको ल्याब परीक्षण र ८८ जनाको भिडियो एक्सरे गरिएको थियो ।

१८ जनाको दाँत खोलिएको छ । 

४२ जना बिरामीलाई शल्यक्रियाका लागि केएमसी अस्पतालमा रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ