arrow

खेलकुद मन्त्री श्रेष्ठ र दक्षिण कोरियाकी भाइस मिनिस्टर जाङबीच भेटवार्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
biratbhakta-shrestha-korea-.jpg

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र दक्षिण कोरियाको संस्कृति, खेलकुद र पर्यटन मन्त्रालयकी सेकेन्ड भाइस मिनिस्टर जाङ मि–रानबीच आज सिओलमा भेटवार्ता भएको छ। 

भेटमा कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवको अवसरमा शुभकामना आदान प्रदान गरियो । 

युवा तथा खेलकुद मन्त्री श्रेष्ठले नेपालको शैलुङमा बन्न लागेको हाइ अल्टिच्युट ट्रेनिङ सेन्टरको बारेमा जानकारी गराए। उनले उक्त हाइ अल्टिच्युट ट्रेनिङ सेन्टरको लागि नेपाल सरकारले बजेट छुट्टयाएको र प्राथमिकताकासाथ अगाडि बढाउने बताए। 

भाइस मिनिस्टर मि–रानले सो सेन्टरको स्थलगत भ्रमण गर्ने प्रतिबद्धता जनाइन् । भेटमा नेपाल र कोरियाको संस्कृतीको विषयमा पनि छलफल भएको थियो। 

यसैगरी युवाहरूको लागि नेपालमा मेडिटेसन सेन्टर निर्माणको विषयमा पनि सकारात्मक छलफल भएको थियो। मि–रान ओलम्पिक्सकी गोल्ड मेडलिस्ट भारोत्तोलन खेलाडी र चार पटककी विश्व विजेता पनि हुन् । 

कोरिया सरकारको निमन्त्रणामा दक्षिण कोरियाको औपचारिक भ्रमणमा रहेका मन्त्री श्रेष्ठले भोलि कोरियन स्पोर्ट्स एण्ड ओलम्पिक कमिटीका अध्यक्ष लि–की हुङ र वर्ल्ड तेक्वान्दो फेडरेसनका अध्यक्ष डाक्टर चुङवोङ चावोसँग  भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ