arrow

नयाँ गठबन्धनप्रति बालेनको टिप्पणी – यो समय गिरीबन्धु चियाको हो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
walendra-sah-balen-81-2-18.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ महानगरका मेयर वालेन्द्र साह (बालेन) ले नेपाली कांग्रेस–नेकपा एमालेको गठबन्धन बनेपछि गिरीबन्धु चिया प्रकरणमा व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बालेनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले चिया पिएको तस्बिरसँगै यो गिरीबन्धु चियाको समय हो भनेका छन् ।

उनले भनेका छन्, ‘यो समय गिरीबन्धु चियाको हो । काले–काले मिलेर खाउ भाले ।’

गिरीबन्धु टि–स्टेट प्रकरणमा सर्वोच्चको फैसलापछि बालेनले ओली नेतृत्वको सरकारले अर्बौंको नीतिगत भ्रष्टाचार गरेको भन्दै आवाज उठाइरहेका छन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ