arrow

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, सकुशल चालक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
Myagdi_District.png

म्याग्दी । म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा रामेछापको खाँडदेवी गाउँपालिका वडा नं. ८ का ३२ वर्षीय रवि भण्डारी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकोमा चिकित्सकले तत्कालै मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव बेनी अस्पतालमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार धवलागिरी गाउँपालिका वडा नं.४ खारामा लु४त ३४९३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

ट्याक्टर सडकदेखि तीन मिटर तल खसेको छ । ट्याक्टर चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा न. १ का ३० वर्षीय भुवन कुमार पाख्रिन सकुशल रहेको र उनी हाल प्रहरीको नियन्त्रणमा छन् ।

ट्याक्टर अपर म्याग्दी जलविद्युत आयोजनाले निर्माण सामग्री ढुवानीमा प्रयोग गर्दै आएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ