arrow

राष्ट्रपतिलाई भेट्न प्रचण्ड शीतल निवासमा, सत्ता नछाड्ने जनाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
ramchandra-prachanda-81-01-30.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । 

सत्ता समीकरण बदलिएको सन्दर्भमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड शीतल निवास पुगेका हुन् । 

उनले राष्ट्रपति पौडेललाई तत्काल सरकार नछाड्ने र छाड्नु परे संसदमा विश्वासको मत लिएरमात्र छाड्ने निर्णय सुनाएको बुझिएको छ । 

यसअघि मंगलबार बिहान बसेको माओवादीको पदाधिकारी बैठकले सरकार नछाड्ने निर्णय गरेको थियो । 

एमालेले विश्वासको मत फिर्ता लिएको जनाएको सन्दर्भमा त्यसको सामना गर्ने निर्णय पनि माओवादीले गरेको छ । 

एमालेले विश्वासको मत फिर्ता लिएपछि विश्वासको मत लिने समय एक महिना बाँकी रहने पनि माओवादीले जनाएको छ । 

माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले विश्वासको मत फिर्ता लिए संसदबाट विश्वासको मत लिने निर्णय भएको बताए । 

संविधानअनुसार सत्ताधारी कुनै दलले विश्वासको मत फिर्ता लिए एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । 

तर ठूलो घटकले नै समथन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिइरहनु पर्ने आवश्यकता छैन । उनले स्वविवेकले राजीनामा दिन सक्छन् । 

प्रचण्डले भने विश्वासको मत लिने प्रयत्न स्वरुप अन्य दलहरुसँग छलफल चलाउने निर्णयसमेत पार्टीबाट गराएका छन् । 

प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेलले गलत कदम नचालुन् भनेरै शीतल निवास पुगेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ