- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले पेश गर्न नदिएको प्रस्तावमा पार्टीलाई रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने उल्लेख गरेका छन् ।
जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले आफ्नो समीक्षा प्रतिवेदन बारेको लिखित प्रस्ताव पेश गर्न सभापति लामिछानेले नदिएको आरोप लगाएका हुन् ।
उनले भनेका छन्, ‘समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर लिखित प्रस्ताव तयार पारिए पनि पेश गर्ने अनुमति सभापतिले दिनु भएन । प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रीय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ ।’
बैठकलाई प्रत्यक्ष प्रसारणको माग राखेका ढकालको सो माग पूरा नभएपछि उनले मुखमा कालो टेप लगाएर सहभागिता जनाइरहेका छन् ।
यस्तो छ महामन्त्री ढकालको प्रस्ताव: