arrow

मन दुःखाउँदै महामन्त्री ढकालले पार्टीसँग भने –मेरो विवाह गर्ने निर्णय केन्द्रीय समितिले गरोस्

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
mukul-dhakal-81-3-19y.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेश गर्न तयार गरेको प्रस्तावमा आफाूमाथि लागेका आरोपको जवाफ दिएका छन् ।

प्रेमिकालाई सांसद बनाएको भन्ने आरोपको जवाफ दिदै ढकालले प्रस्तावमा आलोचना गर्नेहरुले नारीप्रतिको सम्मानलाई ख्याल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले प्रस्तावमा ‘मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस्’ भनेका छन् ।

उनले भनेका छन्, ‘गल्फ्रेन्डको कुरा । मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस् । केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर् भन्छ भने पनि तयार छु । वा आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ । तर निर्णय गरिदेओस् । जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ त्यही दिन गरिदिनुहोस् । देश निर्माण र देश निर्माणका लागि पार्टी चाहिन्छ भनेर पार्टी निर्माणका लागि जीवन नै समर्पण गरेको छु, गल्फ्रेन्डको कुरा गरेर मलाई त केही छैन, म सहुँला तर ती नारीप्रति सम्मान त गरिदिएको भए हुन्थ्यो । म जान पाइन, एक जना नारी जाने मेरो साटो  ? भनेर रडाको मच्याउँदा पनि, सायद मुकुल ढकालसँग जोडिएको विषय हो, कहाँबाट आउँछ मानव अधिकारका कुरा, महिला अधिकारका कुरा ।’

त्यस्तै प्रस्तावमा उनले भनेका छन्, ‘मेरो जीवनको विवाह बाहेकका पनि बाँकी सबै कुरा पार्टीले निर्धारण गरिदेओस् । पार्टीका केही नेता भन्नुहुन्छ, सरकारी कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढ्नुपर्छ । जसले नियम बनाउँछ, नेताको छोराछोरीले पर्छ कि पर्दैन ? मैले बिहा गरेर मेरो छोराछोरी जन्मिए भने मैले आफ्नो इच्छा अनुसार गर्ने हो वा पार्टीको नीति अनुसार । पार्टीको नीति अरुका लागि मात्र बन्ने हो कि आफ्ना लागि पनि ?रु नेताहरू सरकारी अस्पतालमा उपचार गराउनु पर्ने हो कि होइन ? आफ्नो इच्छा अनुसार गर्ने हो वा नीति अनुसार गर्ने हो ? नीति बनाएपछि पालना गर्न तयार छौँ ? नेताको आचरण निर्धारण गरी पालना गर्ने सबैजना तयार हुन्छन् भने खुशी हुन्छु । नत्र पनि मेरा लागि मात्र भए पनि नीति बनाइयोस् । देश छोडेर जा, देशको हित हुन्छ भन्नु हुन्छ भने पनि गइदिन्छु । राजनीति छोड् देशको हित हुन्छ भने पनि छोडिदिन्छु । देशको हितमा कुन ठाउँमा हुँदा ठीक हुन्छ, मैले के गर्दा ठीक हुन्छ, तपाईंहरू भनिदिनुहोस् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ