arrow

रास्वपा बैठकः महामन्त्रीको प्रतिवेदन सहमहामन्त्रीले पढे 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
rsp-mukul-dhakal-81-3-19.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा महामन्त्री मुकुल ढकालले तयार गरेको प्रतिवेदन सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले पेश गरेका छन् । 

सहप्रवक्ता मनिष झाले महामन्त्रीले मुखमा टेप लगाएपछि सहमहामन्त्री बुर्लाकोटीले पेश गरेको बताए । झाले भने, ‘आजको केन्द्रीय समितिको बैठकमा महामन्त्रीज्यूले प्रतिवेदन लाइभ गरेर प्रस्तुत गर्ने सर्त राख्नुभएको थियो । सभापतिज्यूले त्यसमा सहमति जनाउनुभयो तर शतप्रतिशत केन्द्रीय सदस्यबाट अस्वीकार भयो । त्यसको विरोध स्वरूप उहाँले मुखमा माक्स लगाएर त्यसमाथि कालो टेप लगाएर बस्नुभयो । त्यसपश्चात् महामन्त्रीको प्रतिवेदन उहाँकै उपस्थितिमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीज्यूले वाचन गर्नुभयो’ ।

गत वैशाख १५ गते भएको इलाम २ को उपनिर्वाचनमा पार्टीको शर्मानक हारपछि सभापति लामिछानेले नै समीक्षा यात्राका लागि भन्दै मुकुललाई देशदौडाहमा पठाएका थिए ।

देशका ३३ जिल्ला घुमेर मुकुलले तयार पारेको प्रतिवेदन पार्टी सभापतिलाई बुझाएका छ्न् । तर त्यो प्रतिवेदन सार्वजनिक भएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ