arrow

सूर्यविनायकका प्रत्येक वडामा फल्चा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
falcha-suryabinayak.jpg

भक्तपुर । सूर्यविनायक नगरपालिकाले प्रत्येक वडामा फल्चा निर्माण कार्य सम्पन्न गरेको छ । ‘एक वडा एक फल्चा’को कार्यक्रम अघि बढाएको उक्त नगरपालिकाले सबै वडाका उपयुक्त ठाउँहरुमा फल्चा निर्माण सम्पन्न गरिसकेको नगरपालिकाकी उपमेयर सरिता भट्टराईले जानकारी दिइन् । उक्त फल्चा नगर क्षेत्रका वृद्धवृद्धा, युवा तथा बालबालिकाका लागिसमेत आपसी भेटघाटका लागि उपयुक्त रहेको भन्दै यसले सामाजिक सम्बन्ध एवं मौलिकता संरक्षण भइरहेको बताइन् । 

मंगलबार राष्ट्रिय सञ्चार केन्द्र नेपालको संयोजनमा भक्तपुरका स्थानीय तथा राष्ट्रिय स्तरका सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुलाई नगरपालिकाले अवलोकन भ्रमण गराएको थियो । सो क्रममा बालकोटदेखि सिरुटा, विरुवा, गुण्डु लगायत क्षेत्रहरुमा बनेका विकास निर्माणसम्बन्धी नमूना कार्यहरुको बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा प्रत्येक वडाका वडाध्यक्षहरुले आफ्नो वडाभित्र पर्ने सम्बन्धित नमूना कार्यहरुको बारेमा ब्रिफिङ गरेका थिए । 

समापन कार्यक्रममा उपमेयर भट्टराईले ‘दिगो विकास व्यवस्थित शहर, स्वच्छ समृद्ध सूर्यविनायक नगर’ भन्ने भिजन लिइ नगरपालिकाले दियो विकासका लागि २० वर्षे आवधिक योजना बनाएर अघि बढिरहेको भन्दै सोही योजना अनुसार वार्षिक रुपमा बजेट कार्यान्वयन गर्दै गएको बताइन् । नगरभित्रका ग्रामीण बस्तीका उत्पादन बजारीकरण गरि सर्वसाधारणको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले ग्रामीण सडकहरुको विकासका कार्यहरु थालिएको उनको भनाइ थियो । 

भौतिक पूर्वाधारसँगै स्वास्थ्य र शिक्षाको क्षेत्रमा समेत नगरपालिकाले योजना बनाएको नग।पालिकाले जनाएको छ । अहिलेसम्म सबै विद्यालयहरुमा आवश्यक भौतिक पूर्वाधार पुर्याइसकेको, विद्यालयहरुमा विद्यार्थीको संख्या बढ्ने क्रममा रहेको र नतिजासमेत अब्बल बन्दै गएको नगरपालिकाको दाबी छ । यसपटकको एसईईको परीक्षामा नगरपालिका क्षेत्रका विद्यालयका ८५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमध्ये सामुदायिक विद्यालयबाट ५६ प्रतिशत र निजी विद्यालयमा ९५ प्रतिशत रहेको नगरपालिकाको तथ्यांक छ । 

अहिले नगरपालिकाले कार्यसम्पादनको मूल्यांकनका आधारमा विद्यालयको प्रधानाध्यापक नियुक्त गर्ने गरेको र यो सूर्यविनायक नै पहिलो नगरपालिका रहेको उपप्रमुख भट्टराईको भनाइ छ । 

स्वास्थ्य क्षेत्र अन्तर्गत हालसम्म ४ हजार ५ सय घरधुरी स्वास्थ्य बीमामा आवद्ध भएको नग।पालिकाको आफ्नै अस्पताल सञ्चालनमा रहेको र अहिले अस्पतालमाबर्थिङ सेन्टरसमेत उपलब्ध उनको भनाइ छ ।  

खानेपानीका लागि नगरपालिकाले मेलम्ची खानेपानी आयोजनासँग २० लाख लिटर पानी लिनेगरि सम्झौता गरेको नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिए । प्रत्येक वडा एक सदस्य रहनेगरि पाण्डुबजारमा निर्माण गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ट्याङ्कीबाट पानी वितरण गरिने र वडा कार्यालयले खपत भएको पानीको एकमुष्ठ पैसा तिर्नेगरी योजना बनाइएको उनको भनाइ छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ