arrow

उद्योगमा एकै महिनामा ३६ अर्ब लगानी, ५९ वटा उद्योग स्थापना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
department-of-industry-udhyog-bibhag-उद्योग विभाग.jpg

काठमाडौँ । एक महिनाको अवधिमा मात्रै ३६ अर्ब लगानीका ५९ वटा उद्योग खुलेका छन् । उद्योग विभागमा सो बराबर लगानीसहित ५९ वटा उद्योग दर्ता भएका हुन् । 

यसरी दर्ता हुने कम्पनीहरुमा ९ वटा ठूला उद्योग, १६ वटा मझौला उद्योग र ३४ वटा साना उद्योग छन् । यी उद्योगहरुले कुल ३ हजार ४ सय २१ जनालाई रोजगारी दिने उल्लेख गरेका छन् । 

एक महिनाको अवधिमा मात्रै ५२ वटा विदेशी कम्पनीलाई ३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति दिइएको छ । यो लगानीबाट थप २ हजार ३ सय २३ जनाले रोजगारी पाउने विभागको तथ्यांक छ । 

विभागले यो वर्ष २०० वटा साना, ८५ वटा मझौला र ८० वटा ठूला उद्योग दर्ता गर्ने लक्ष्य राखेको थियो । ११ महिना सकिँदै गर्दा साना उद्योगतर्फ २८५ वटा उद्योग दर्ता हुँदा मझौलातर्फ ५० र ठूलातर्फ ४९ वटा उद्योग दर्ता भएका छन् । यसबाट कुल २६ हजारलाई रोजगारी दिने प्रस्ताव गरिएको छ । 

त्यस्तै, स्वीकृत भएका विदेशी लगानीबाट १७ हजार ६ सय जनालाई रोजगारीको अवसर मिल्ने सम्बन्धित उद्योगको प्रस्ताव छ । 

यो वर्ष उद्योग विभागमा ११ ट्रेडमार्क दर्ता भएकोमा जेठ महिनामा मात्रै चारवटा ट्रेडमार्क दर्ता गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ