arrow

महामन्त्री ढकाललाई निलम्बन गर्‍यो रास्वपाले

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
rsp-president-and-general-secretary-mukul-dhakal.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । उनलाई रास्वपाले एक हप्ताका लागि निलम्बन गरेको जनाएको छ । 

बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका लागि निलम्बन गरेको हो ।

ढकालले आफू पार्टीबाट अपमानित भएको भन्दै आफूले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्न र केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्न आग्रह गरेका थिए । तर पार्टीले भने त्यो हिम्मत गरेन । 

सभापतिको प्रस्तावमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र पार्टी सहप्रवक्ता मनिष झालाई कार्यवाहक प्रवक्तासमेत तोकिएको छ । 

त्यस्तै रास्वपाले ढकाललाई थप कारबाही गर्न प्रतिवेदनसहित केन्द्रीय समितिमा सिफारिस गर्न अनुशासन आयोगलाई निर्देशन दिने निर्णय गरेको छ ।

केन्द्रीय समितिको बैठकमा पार्टी महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत अभद्र, अमर्यादित व्यवहार प्रदर्शन गरेको र पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेको आरोप केन्द्रीय समितिले लगाएको छ ।

बैठकमा महामन्त्री ढकालले तयार गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ