arrow

बालुवाटार पुगेर रास्वपाका मन्त्रीहरु राजीनामा नदिइ फर्किए

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
prachanda-ravi.JPG
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् । राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुले  प्रधानमन्त्रीसँगको छलफलपछि राजीनामा नदिइ फर्किएका छन् ।

प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले संसदको सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिबेलासम्म साथ दिन आग्रह गरेकाले राजीनामा नबुझाएको बताएका छन् ।

उनले प्रधानमन्त्रीले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छु भन्दा त्यतिन्जेलसम्म आफूहरु त्यतिबेलासम्म पर्खिन तयार भएको बताए । 

परियारले प्रधानमन्त्रीलाई छिटो विश्वासको मत लिन आग्रह गरेको आफूहरुले बताएको जानकारी दिए ।

प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित शिक्षामन्त्री सुमान श्रेष्ठ, श्रममन्त्री डिपी अर्याल र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।

यसअघि बुधबार राति एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा बुझाइसकेका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

त्यसैगरी जसपाका मन्त्रीहरुले पनि राजीनामा बुझाउँदैछन् । 

रास्वपाले यसअघि नयाँ गठबन्धनको सरकार बनाउने प्रक्रिया शुरु भएपछि सरकार छाड्ने बताएको थियो । 

तर अहिले नौटंकी शैलीमा रास्वपाका मन्त्रीहरु बालुवाटारबाट फर्केका हुन् । 

यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबारदेखि एक महिनाभित्रमा विश्वासको मत लिइसक्नुपर्छ । 

अरुबेला स्पष्ट बहुमत हुँदा छिटोछिटो विश्वासको मत लिएर आफुलाई पूर्ण बहुमतको फूर्ति देखाउने गरेका भए पनि यसपालि भने एमालेले नै छाडेपछि प्रचण्ड अल्पमतमा छन् । 

तैपनि उनले संविधानले दिएको सुविधाका नाममा लाजै पचाएर सरकारको नेतृत्व गरिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ