arrow

मुकुललाई कारबाही गर्न रास्वपा एकजुट, निशा डाँगीको पनि हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
nisha-dangi-rsp.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद निशा डाँगीले महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गर्ने निर्णय सर्वसम्मत भएको स्पष्ट गरेकी छिन् ।

डाँगीले समाचारमा आएको जस्तो ५२ मध्ये आफूमात्र कारबाहीको विपक्षमा रहेको भन्ने कुरा गलत रहेको बताएकी छिन् ।

उनले केन्द्रीय समितिको निर्णय सर्वसम्मत भएको र त्यसमा आफूले पनि हस्ताक्षर गरेको बताएकी छिन् । उनले भ्रामक र तथ्यहीन समाचारमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेकी छिन् ।

यसअघि रास्वपाका सहप्रवक्ता मनिष झाले पत्रकार ब्रिफिङमा डाँगी बाहेक सबै ५१ केन्द्रीय सदस्यले महामन्त्रीलाई कारबाही गर्नुपर्ने बताएको जानकारी दिएका थिए ।

बुधबार रातिसम्म बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई ७ दिनको लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निलम्बन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ