arrow

मुकुलको प्रतिवेदनः पैसा नभएको मान्छेलाई पार्टीमा स्थान छैन [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
rsp-mukul-dhakal-81-3-19.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीका बारेमा तयार पारेको समीक्षा यात्रा प्रतिवेदन सार्वजनिक भएको छ । बुधबार केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदन बिहीबार कार्यवाहक प्रवक्ता मनीष झाले सार्वजनिक गरेका हुन् । 

३२ पृष्ठ लामो प्रतिवेदनमा जेठ ६ देखि असार ५ गतेसम्म एक महिना लगाएर रास्वपाबारे संकलन गरेका तथ्यलाई समेटिएको थियो । 

सो प्रतिवेदन ढकालले असार १२ गते नै पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए । उक्त प्रतिवेदन बुधबारको केन्द्रीय समिति बैठकमा सार्वजनिक गरिएको थियो । 

तर लामिछानेले महामन्त्रीलाई वाचन गर्न नदिएर सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई वाचन गर्न लगाएक थिए । 

केन्द्रीय समिति बैठक लाइभ गर्ने हिम्मत नगरेको रास्वपाले लाइभ गर्न मागेको आरोपसँगै पार्टीमा आफू शोषणमा परेको कुरा मिडियामा बाहिर ल्याएपछि पार्टीले ढकाललाई एक साता निलम्बन गरेको छ । 

उनको प्रतिवेदनमा रास्वपा पार्टी पार्टी जस्तो नभएर एनजीओ जस्तो भएको उल्लेख गरिएको छ ।  उनले लेखेका छन्, ‘पार्टीमा राजनीतिक संस्कार, बुझाइमा अत्यन्त कमी देखियो । विभिन्न विचारबाट आएका साथीहरु हुँदा र प्रत्येक विषयमा अल्पमत र बहुमतले के हुनसक्छ भनेर निर्णय गर्दा पार्टीको मूल विचार नै छायाँमा पर्यो ।’

त्यसैगरी प्रतिवेदनमा पूँजी नभएको मान्छेलाई पार्टीमा स्थान नभएको उल्लेख गरिएको छ । 

प्रतिवेदनमा लेखिएको छ, ‘पैसा भएका मान्छेमात्र पार्टीमा आकर्षित भइरहेका छन् । गरिबहरुले राजनीति गर्ने होइन, अलिकति कमाइ छैन भने राजनीतिमा किन लाग्नुपर्यो भन्ने भनाइ पार्टीको उपल्लो तहको नेतृत्वबाट नै सुनियो ।’
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ