arrow

सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन – प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
cabinet-81-3-20.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिने तयारी गरेका छन् । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले कानूनी प्रावधानअनुसार आफूले संसदबाट विश्वासको मत लिने जानकारी दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । 

प्रधानमन्त्रीको ब्रिफिङ सुनाउँदै उनले भनिन्, ‘सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन । संवैधानिक प्रावधानअनुसार संसद फेस गर्नुहुन्छ । राजीनामा दिने त्यस्तो केही कुरा छैन ।'

उनले संसदबाट विश्वासको मत लिने मिति तय नभए पनि सकेसम्म छिट्टै विश्वास मत लिने बताइन् ।



नयाँ