arrow

सबै प्रदेशका धेरै स्थानहरूमा वर्षाको सम्भावना 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २१ शुक्रबार
weather-02-18.jpg

काठमाडौँ । हाल देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर साधारणतया देखि पूर्णतया बदली रहनेछ । 

सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ