arrow

खोलाले बगाउँदा भुजेलको मत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २१ शुक्रबार
Syangja_district_map.png
फाइल तस्बिर

पोखरा । स्याङ्जामा आज बिहान खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा पुतलीबजार नगरपालिका वडा नं.१ वीरेन्द्रनगरका ७४ वर्षीय तिलबहादुर भुजेल छन् ।

आज बिहान ७ः४५ बजे वीरेन्द्रनगरस्थित अरगौदी खोला तर्नेक्रममा भुजेललाई बगाएको हो ।

उनको तत्कालै उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ