arrow

सांसद शर्माको केएमसीको टोली गोकणेश्वरमा, ५२४ बिरामीको उपचार 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २१ शुक्रबार
kmc-2081-3-21.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले गोकणेश्वरमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

लाइन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५, लाइन्स क्लब अफ डाँफे, समुन्नत जलपारेवी युवा क्लब, लियो क्लब अफ काठमाडौँ डाँफेको संयुक्त आयोजनामा देवी बालसुधार मावि परिसरमा आयोजित स्वास्थ्य शिविरमा ५२४ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये ४८ जनाको ईसीजी, ८९ जनाको ल्याब परीक्षण र १०३ जनाको भिडियो एक्सरे गरिएको थियो ।

२७ जनाको दाँत खोलिएको छ । ४२ जना बिरामीलाई शल्यक्रियाका लागि केएमसी अस्पतालमा रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ