arrow

कानून विपरीत निलम्बन गरिएको मुकुलको जिकिर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २१ शुक्रबार
rsp-mukul-dhakal-81-3-19.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफूलाई स्पष्टीकरणको मौका नदिइ निलम्बिन गरिएको आरोप लगाएका छन् ।

ढकाललाई बुधबार बसेको केन्द्रीय समितिको बैठकले सात दिनका लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निलम्बिन गरिएको थियो ।

ढकालले विधि पद्दति र लोकतान्त्रिक मुल्य मान्यता अनुसार आफूलाई गरिएको निलम्बनको प्रक्रिया नमिलेको बताउँदै स्पष्टीकरणको जवाफ नै नपढी कारबाही गरिनु दुरासयपूर्ण रहेको बताएका छन् । 

उनले भनेका छन्–  
स्पष्टीकरणलाई दर्ता नै गर्न नदिएर , स्पष्टीकरण दिएन भन्ने भाष्य सिर्जना गर्न खोजियो । आज सोधिएको स्पष्टीकरणको अन्तिम म्याद हो र मैले स्पष्टीकरण १९ गते नै बुझाएको हो र दर्ता गर्न आग्रह गर्दा गर्दै दर्ता गर्न इन्कार गरियो । स्पष्टीकरण दर्ता गर्न नदिएपछि, कसरी स्पष्टीकरण दिनु ? राजनीतिक दलसम्बन्धीको ऐनले स्पष्टीकरणको मौका नदिइ कारबाही गर्न दिँदैन । तर राज्यको प्रचलित कानून विपरीत मलाई निलम्बन गरियो । उपसभापतिलाई निलम्बन गर्ने अधिकार नभएको र त्यस्तो अधिकार सभापतिबाट प्रत्यायोजन हुन पर्नेमा त्यस्तो अधिकार प्रत्यायोजनको पत्र पनि सभापतिबाट प्राप्त भएको छैन । तथापि राजनीतिक विषयमा यसरी विधि पद्दति धेरै केलाउनुको साटो, राजनीतिक कारबाही अनुरूप लिएको छु । विधि, पद्दति र लोकतान्त्रिक मूल्य मान्यता अनुसार मलाई गरिएको निलम्बनको प्रक्रिया मिलेको छैन । स्पष्टीकरणको जवाफ नै नपढी कारबाही गरिनु दुराषयपूर्ण छ, अलोकतान्त्रिक छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ