arrow

बाढीपहिरोबाट १६ परिवार विस्थापित, आफन्तकोमा आश्रय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २२ शनिबार
darchula.png
फाइल तस्बिर

दार्चुला । दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित भएका छन् । मार्मा गाउँपालिका-४ र ५ का ती परिवार बिस्थापित भएका हुन् ।

मार्मा हुँदै मुरै गोल्फा सित्तोला जोड्ने सडकबाट खसेको पहिरोका कारण मर्मतीका केही परिवार बिस्थापित भएका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । बाढी घरमा पसेपछि बिस्थापित परिवार आफन्तकहाँ आश्रय लिएर बसेका छन् । 

पहिरोबाट बिस्थापित भएका ९९ जनालाई सुरक्षित स्थान लटिनाथ आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले जानकारी दिए । दार्चुलामा बिहिबार साँझदेखि निरन्तर पानी परिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ