arrow

उपत्यकामा निरन्तर वर्षा, यस्तो छ देशैभरको अवस्था 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २२ शनिबार
rain-mud-kathmandu.jpg

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  पूर्वतर्फ  सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ ।

विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा पनि निरन्तर वर्षा भइरहेको छ । यो क्रम दिनभरजसो जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। मधेस र कर्णाली प्रदेशका एक(दुई स्थानमा,  कोशी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी,  बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  

गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम  प्रदेशको एक(दुई  स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज  राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।   

गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशका एक(दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका प्रदेशका  एक(दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ