arrow

स्याङ्जा जिल्ला बारमा पुनः गिरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २२ शनिबार
synagja-bar.jpg

स्याङ्जा । जिल्ला बार एसोसिएसन स्याङ्जाको अध्यक्षमा पुनः अधिवक्ता तुलसी गिरी निर्वाचित भएका छन् ।

एसोसिएसनको ५४औँ साधारणसभा २६औँ अधिवेशनलले गिरीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । उनको यो चौथो कार्यकाल हो ।

संस्थाको उपाध्यक्षमा संगीता नेपाली, सचिवमा युगनारायण श्रेष्ठ, कोषाध्यक्षमा दीर्घनारायण मरासिनी निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा विश्वराज मरासिनी, बिष्णुप्रसाद पोखरेल, रामेश्वर रेग्मी, हरिप्रसाद रेग्मी, पमनारायण अर्याल, पारशमणि पाण्डे, नारायणप्रसाद तिवारी, श्यामप्रसाद श्रेष्ठ, प्रकाश अर्याल, नारायणप्रसाद कोइराला, एकबहादुर कुमाल निर्वाचित भएको निर्वाचन समितिका संयोजक स्याङ्जा जिल्ला अदालतका श्रेस्तेदार भूमीप्रसाद शर्माले जानकारी दिए ।

केन्द्रीय पार्षदमा चन्द्रबहादुर केसी, टंकप्रसाद न्यौपाने, श्यामकाजी अधिकारी र नारायणप्रसाद रेग्मी चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष गिरीले कानून व्यवसायीका मत र विश्वास कायम राख्दै कानून व्यवसायीका क्षमता अभिवृद्धि, समयानुकुल ऐन, कानूनका बारेमा प्रशिक्षण, बार भवन निर्माणलगायत कानून व्यवसायीका हक, हित र अधिकारका पक्षमा काम गर्ने प्रतिबद्धता जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ