arrow

खतराको तहमा राप्ती नदी, सतर्क रहन आग्रह 

logo
सौरभ गिरी
प्रकाशित २०८१ असार २२ शनिबार
rapti-river.jpg

बाँके । निरन्तर पानी परेपछि राप्ती नदीले सतर्कता तह पार गरेको छ । आज मध्यान्ह राप्ती नदीको कुसुम जल मापन केन्द्रमा ६दशमलव२ मिटर पानीको सतह मापन गरिएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले हाम्राकुरालाई जानकारी दिए । 

पानीको सतह बढ्दोक्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सतर्क बनाइएको ज्ञवालीले जानकारी दिए । 

नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, ओहोरदोहोर गर्ने, दाउरा संकलन गर्ने जस्ता नगर्न आग्रह गरिएको छ । राप्ती नदीको माथिल्लो तटीय क्षेत्रमा बर्षा भइरहेकाले पानी सतह बढ्दै जाने देखिएको छ ।

राप्तीको कुसुमस्थित जल मापन केन्द्रमा पानीको सतह ६ मिटरमाथि भएमा सतर्कता तह र ७दशमलव८ मिटर पार गरेमा खतराको तह मानिन्छ । 

राप्ती नदीमा पानीले खतराको तह पार गरे राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर, डुडुवा गाउँपालिकाको होलिया, चौफेरी, बेतहनी, कम्दी तथा नरैनापुरको गंगापुर, कुदरबेटवा, सोनवर्सालगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ