arrow

बसले किचेर महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २२ शनिबार
Accident-sign.jpg

पोखरा । पोखरामा बसले किचेर एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १८ ग्यारजातीकी ७२ वर्षीया ललिता थापा रहेकी छन् ।

आज दिउँसो ३ः४५ बजे पोखराको विन्ध्यवासिनीबाट सराङकोट जाँदै गरेको ग१ख ४१५६ नम्बरको बसले किच्दा थापा गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि तत्कालै मणिपाल शिक्षण अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले जानकारी दिए ।

डीएसपी शर्माका अनुसार थापा सोही बसमा सवार रहेको र बसबाट ओर्लिएर पाखा नलाग्दै बस गुड्न पुग्दा बसको पछाडिएको चक्काले किचेको हो ।

बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले  जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ