arrow

घर पुरिएर दुईको मृत्यु, एक जना बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २२ शनिबार
baglung-pahiro.jpg
फाइल तस्बिर

पोखरा । स्याङ्जामा पहिरोले घर पुरिएर २ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा बिरुवा गाउँपालिका वडा नं. ६ माँझकोटकी ६५ वर्षीया गुहेश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्मा छन् ।

साथै माँझकोटकै ७१ वर्षीय माधव शर्मा बेपत्ता छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिरुवा गाउँपालिका वडा नं. ६ लामाखेतका ईश्वरी लम्सालको घर शनिबार दिउँसो पुरिएर सो घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ