arrow

वर्षाले अस्तव्यस्त पारेको बल्खु, टेकु र च्यासल [२४ तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २२ शनिबार
kathmandu-rain-81-3-22-(24).jpg

काठमाडौँ । निरन्तरको वर्षातका कारण काठमाडौँ उपत्यकामा रहेका नदी तथा खोलामा पानीको बहाव बढेका कारण केही स्थानको आवागमनमा प्रभाव परेको छ । 

बल्खुस्थित तरकारी बजार जाने बाटो र पार्किङ क्षेत्रमा खोलाको पानी पसेका कारण आवागमन रोकिएको छ । यस्तै कुपण्डोल पुल मुनिको करिडोर, टंकेश्वर र टेकु क्षेत्रमा रहेका करिडोरमा पनि खोलाको पानी सडकमै आएका कारण सवारी आवागमन प्रभावित भएको छ । 

शंखमूल, युएन पुल, रोजबर्ड स्कुल नजिक, सानेपा कालोपुलको तल्लो बाटो र च्यासल क्षेत्रमा  रहेका करिडोरमा पनि विष्णुमती नदीको वहाव बढेर पानी सडकमै आएका कारण सवारी आवात जावतमा आशिंक प्रभाव परेको छ । 

यस्तै धापाखेलस्थित सुमेरु अस्पताल नजिकै पनि वर्षातको पानी जमेका कारण सवारी आवागमनमा आशिंक प्रभाव परेको छ । 

काठमाडौँ उपत्यकाका विभिन्न करिडोर हुँदै यात्रा गर्दा सचेत भएर यात्रा गर्न सडक प्रयोगकर्तालाई  ट्राफिक प्रहरीले अनुरोध गरेको छ । 

यस्तै वर्षातले भिजेको सडकमा चिप्लिएर सवारी दुर्घटना हुनसक्ने संभावना रहेकाले संयमित भएर सीमित गतिमा सवारी साधन गुडाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
 

kathmandu-rain-81-3-22 (1).jpg
kathmandu-rain-81-3-22 (2).jpg
kathmandu-rain-81-3-22 (3).jpg
kathmandu-rain-81-3-22 (4).jpg
kathmandu-rain-81-3-22 (5).jpg
kathmandu-rain-81-3-22 (6).jpg
kathmandu-rain-81-3-22 (7).jpg
kathmandu-rain-81-3-22 (8).jpg
kathmandu-rain-81-3-22 (9).jpg
kathmandu-rain-81-3-22 (10).jpg
kathmandu-rain-81-3-22 (11).jpg
kathmandu-rain-81-3-22 (12).jpg
kathmandu-rain-81-3-22 (13).jpg
kathmandu-rain-81-3-22 (14).jpg
kathmandu-rain-81-3-22 (15).jpg
kathmandu-rain-81-3-22 (16).jpg
kathmandu-rain-81-3-22 (17).jpg
kathmandu-rain-81-3-22 (18).jpg
kathmandu-rain-81-3-22 (19).jpg
kathmandu-rain-81-3-22 (20).jpg
kathmandu-rain-81-3-22 (21).jpg
kathmandu-rain-81-3-22 (22).jpg
kathmandu-rain-81-3-22 (23).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ