arrow

पहिरोमा पुरिएकी महिला मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
Syangja_district_map.png

पोखरा । स्याङ्जामा पहिरोमा पुरिएकी महिला मृत अवस्थामा फेला परेकी छन् । भिरकोट नगरपालिका वडा नं. ५ ज्यामिरेकी ७३ वर्षीया खेमकुमारी मल्ल मृत अवस्थामा भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मल्ल शनिबार परिरोमा पुरिएर बेपत्ता भएकी थिइन् ।

उनको स्थानीय, प्रहरी र सशस्त्र प्रहरीले खोजी गर्ने क्रममा आज दिउँसो शव भेटिएको स्याङ्जा प्रहरीका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ