arrow

व्हीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि एपीएफ र सुदूरपश्चिमलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २४ सोमबार
wheelchair-basketball-81-3-.jpg

काठमाडौँ । नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुद अन्तर्गत व्हीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । 

एपीएफ पुरुष तथा सुदूरपश्चिम महिलामा च्याम्पियन बने । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघको व्यवस्थापनमा अत्तरखेलस्थित बौद्ध इन्टरनेसनल स्कूलको इन्डोर हलमा भएको पुरुष फाइनलमा एपीएफले बागमती प्रदेशलाई ३९–२० ले पराजित गर्यो । 

गण्डकी प्रदेशले सुदूरपश्चिमलाई २६–१६ ले हराउँदै तेश्रो भयो । महिलाको उपाधि भिडन्तमा सुदूरपश्चिमले कोशी प्रदेशलाई १५–१० ले पाखा लगायो । लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई १२–८ ले पन्छ्याउदै तेश्रो बन्यो ।

विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघकी अध्यक्ष देवी आचार्य लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ