arrow

सांसद शर्माको केएमसीको टोली त्यागलमा, ६२१ बिरामीको उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २४ सोमबार
kmc-81-3-24.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले सोमबार ललितपुरको त्यागलमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

प्रभात माध्यमिक विद्यालयको परिसरमा आयोजित स्वास्थ्य शिविरमा ६२१ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये ४९ जनाको ईसीजी, ८९ जनाको ल्याब परीक्षण र ६२ जनाको भिडियो एक्सरे गरिएको थियो ।

२२ जनाको दाँत खोलिएको छ । २३ जना बिरामीलाई शल्यक्रियाका लागि केएमसी अस्पतालमा रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ