arrow

बेनी-जोमसोम सडक चालु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २५ मंगलबार
pahiro-beni-jomson.JPG
फाइल तस्बिर

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक तीन दिनपछि सञ्चालन भएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी, सिरुबारी, अन्नपूर्ण गाउँपालिकाको महभिर, गुइठेभिरमा पहिरो खसेपछि ७४ किलोमिटर दूरीको बेनी-जोमसोम सडक शुक्रबार बिहानदेखि अवरुद्ध भएको थियो । घरपझोङ गाउँपालिका-३ स्थित मार्फाखोलाको बाढीले सडकको मुस्ताङ खण्ड पनि अवरुद्ध भएको थियो ।

बेनी-जोमसोम-कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले वर्षा रोकिएपछि पहिरो पन्छाएर साेमबार अपराह्नदेखि यातायात सञ्चालन गरिएको जानकारी दिए ।

“मार्फाखोलामा डाइभर्सन र अस्थायी पुल बनाएर मुस्ताङ खण्डमा यातायात सञ्चालनको व्यवस्था मिलाएका छौँ”, उनले भने, “म्याग्दी खण्डमा खसेको पहिरो सडक विभागको डोजर, लोडर र प्राविधिक टोली परिचालन गरेर पन्छाएपछि बेनी-जोमसोम सडकको अवरोध हटेको छ ।”

बैसरीको पहिरो पन्छाउन र सडक मर्मतका लागि नेपाली, सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोली पनि परिचालन गरिएका थिए ।

यसैबीच, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी र बेनी-बागलुङ सडक पनि मर्मतपछि सञ्चालन भएको छ ।

धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडक पनि अपराह्नदेखि सञ्चालनमा आएको छ ।

पूर्वाधार विकास कार्यालयले फापरखेत, बाङ्गेपहिरोलगायत ठाउँमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ