arrow

रास्वपा महामन्त्रीलाई साधारण सदस्य नरहने गरी कारबाही गर्न सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २५ मंगलबार
mukul-dhakal-2081.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ ।

अनुशासन समितिले उनलाई साधारण सदस्यसमेत नरहने गरी सिफारिस गरेपछि यसबारे निर्णय गर्न केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ । 

रास्वपाको केन्द्रीय समिति बैठकमा आयोगको सिफारिसमाथि छलफल गरिरहेको छ । 

असार २० गते बुधबार बसेको केन्द्रीय समितिले ढकाललाई सात दिनका लागि महामन्त्री र प्रवक्तबाट निलम्बन गर्ने निर्णय गरेको थियो । जसअनुसार थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।

आफुलाई निलम्बन गरेपछि ढकालले भने आफूलाई स्पष्टीकरणकोसमेत अवसर नदिएर कारवाही गरेको गुनासो गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ