arrow

अजलले राखे दुई राष्ट्रिय कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २५ मंगलबार
ajalkaji-tamrakar-81-3-24.jpg

काठमाडौँ । अजलकाजी ताम्राकारले प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनशिपमा अर्को राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले पुरुष १ सय मिटर बटरफ्लाइ ५९.१७ सेकेन्डमा पूरा गर्दै अनुभव सुब्बाले २५ औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा बनाएको कीर्तिमान तोडेका हुन् । 

अनुभवको नाममा ५९.७७ सेकेन्डको कीर्तिमान थियो । यसअघि अजलले पुरुष ५० मिटर बटरफ्लाइ २५.५२ सेकेन्डमा पूरा गर्दै कीर्तिमान स्थापित गरेका थिए । अजलले २६ औँ राष्ट्रिय पौडी प्रतियोगितामा आफैँले बनाएको २५.६७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका थिए ।

प्रतियोगितामा जम्मा ३ राष्ट्रिय कीर्तिमान बने । थप एक कीर्तिमान दिवाकर अवालेले बनाएका थिए । दिवाकरले पुरुष २ सय मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दूरी २ मिनेट ३०.१५ सेकेन्डमा पूरा गर्दै १३ औं दक्षिण एसियाली खेलकुदमा शुभम् शर्माको २ मिनेट ३१.१५ सेकेन्डको कीर्तिमान भंग गरेका थिए । कीर्तिमानधारीले प्रत्येक कीर्तिमान वापत ५ हजारका दरले नगद पुरस्कार पाए ।

प्रतियोगितामा १ सय ६६ अंकसाथ निसर्ग वाटिका स्कुल टिम च्याम्पियन बन्यो । ५३ अंकसाथ सेन्ट मेरिज दोश्रो तथा ३६ अंकसाथ जेम्स स्कुल तेश्रो बने ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य अञ्जना श्रेष्ठ, आयोजक नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, महासचिव इश्वर कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

समापनका अवसरमा भारतेको नयाँ दिल्लीमा भएको विमस्टेक युथ वाटर स्पोर्ट्सको २ सय मिटर ब्याकस्ट्रोकमा कांस्य पदक जितेका तेन्जिङ नाम्डेल रायन गुरुङलाई २५ हजार नगदसहित सम्मान गरिएको आयोजक संघका सचिव गंगालाल गोलेले जनाएका छन् । दुईदिने प्रतियोगितामा ३ सय ५४ खेलाडीले ६५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ