arrow

रास्वपाले मुकुललाई सबै जिम्मेवारीबाट हटायो, भन्छन् - रवि लामिछाने क्लबबाट निस्काशित भएँ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २५ मंगलबार
rsp-mukul-dhakal-always.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरेको छ । मंगलबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको हो ।

अनुशासन समितिले उनलाई साधारण सदस्य समेत नरहने गरी सिफारिस गरे पनि केन्द्रीय समितिले उनलाई साधारण सदस्यबाट भने नहटाएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

केन्द्रीय समितिले ढकाललाई केन्द्रीय समितिको निर्णय चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदन सक्ने निर्णय गरेको छ ।

असार २० गते बुधबार बसेको केन्द्रीय समितिले ढकाललाई सात दिनका लागि महामन्त्री र प्रवक्तबाट निलम्बन गर्ने निर्णय गरेको थियो । जसअनुसार थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।

आफूलाई निलम्बन गरेपछि ढकालले भने आफुलाई स्पष्टीकरणकोसमेत अवसर नदिएर कारबाही गरेको गुनासो गरेका थिए ।

रवि लामिछाने क्लबबाट निस्काशित भएँ
कारबाही गरेपछि डा. ढकालले आफू रवि लामिछाने क्लबबाट निस्काशित भएको प्रतिक्रिया दिएका छन् ।

आफूलाई हटाउने पार्टीको निर्णयपछि प्रतिक्रिया दिँदै ढकालले आफु रवि लामिछाने क्लबबाट निस्काशित भएको टिप्पणी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न नरोकिने बताएका छन् । 

उनले रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प नरोकिने बताएका हुन् । रास्वपाले ढकाललाई पदीय जिम्मेवारीबाट मुक्त गरेपनि साधारण सदस्यबाट भने हटाएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ