arrow

जीप दुर्घटनामा एकको मृत्यु, नौ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
Accident-sign.jpg

रामेछाप । रामेछापको मन्थलीबाट मन्थली नगरपालिका-७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३-०१-०२३ च ३९२९ नम्बरको जीप आज दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा नौ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ६२ वर्षीया माया विक रहेकी छिन् ।

घाइते सबैको मन्थली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ