arrow

सप्तकोशीमा बाढी, ७० घर डुबान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
spatakoshi-03-23.jpg

सप्तरी ।  अविरल वर्षाका कारण त्रियुगा नदीमा आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–२ का ७० घर डुबानमा परेका छन् ।

सो वडाको मुस्लिम र राम वस्तीमा चार फिटसम्म पानी भरिँदा ३८ परिवारका ७० घर डुबानमा परेको वडाध्यक्ष जाहिर हुसेनले जानकारी दिए ।  

उनले बस्तीका प्राय सबै घर आगनबाट त्रियुगा बग्न थालेपछि घर छाडेर स्थानीय मस्जिद र आफन्त कहाँ शरण लिई बसेको बताए। 

त्रियुगा नदीको बाढीले पूर्वी तटबन्ध कटान गरी अचानक पानी प्रवेश गरेपछि बस्ती डुबानमा परेको हो । बस्ती डुबानमा परेको खबर पाए लगत्तै सेना, सशस्त्र, नेपाल प्रहरीका तालिम प्राप्त जनशक्ति उद्धारमा खटिएको र कुनै मानविय क्षति नभएको जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले  जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ