arrow

नासाले सौर्य तरङ्ग अन्वेषण गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
sun-hurrycan.jpg

काठमाडौँ ।सूर्यबाट आउने रेडियो वेव उत्पन्न हुने स्रोतको खोजीका लागि नासाको क्यूबसैट रेडियो इन्टरफेरोमेट्री एक्सपेरिन्ट (क्यूरी) मङ्गलबार प्रक्षेपण गरिएको छ । 

क्यूरीले युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए)को एरियन–६ रकेट कोउरोस्थित गुयाना स्पेस सेन्टरबाट प्रक्षेपण गरेको हो । उक्त रकेट पृथ्वीको सतहबाट ३६० माइल (लगभग ५८० किलोमिटर) को उचाइमा उडान गर्नेछ । 

रेडियो इन्टरफेरोमेट्री एक्सपेरिमेन्ट मिसनले सूर्यको विष्फोटनबाट निस्कने रेडियो तरङ्गको उत्सर्जनबारे अध्ययन गर्ने लक्ष्य राखेको छ । 

क्यालिफोर्निया विश्वविद्यालय बर्कलेको टोलीद्वारा डिजाइन गरिएको क्यूरी अन्तरिक्षबाट ०.१–१९ मेगाहर्ज फ्रिक्वेन्सी दायरामा रेडियो तरङ्ग मापन गर्ने आफ्नो पहिलो मिसन भएको ईएसएले जनाएको छ । यी यस प्रकारको अनुसन्धान अन्तरिक्षबाट मात्र गर्न सकिन्छ ।

“सौर्य रेडियो तरङ्ग अनुसन्धानका क्रममा, क्यूरीले लो फ्रिक्वेन्सी रेडियो इन्टरफेरोमेट्री नामक प्रविधि प्रयोग गर्नेछ । यसअघि अन्तरिक्षमा यो प्रविधि कहिल्यै प्रयोग गरिएको थिएन । यसले पृथ्वीलाई करिब दुई माइल टाढा परिक्रमा गर्नेछ”, नासाले उल्लेख गरेको छ ।

यस प्रयोगले रेडियोका ती तरङ्गहरु कहाँबाट आइरहेका छन् भन्ने पत्ता लगाउने प्रयास गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ