arrow

बढी मूल्य लिएर नुन बेच्नेलाई तीन लाख जरिबाना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
Salt-.jpg.jpeg

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री वितरण गर्ने तथा उपभोग्य अवधि व्यतित भएका खाद्यवस्तु बिक्री गर्ने दुई फार्मलाई रु तीन-तीन लाख जरिबाना गरेको छ । 

काठमाडौँ महानगरपालिका वडा नं १३ सोल्टीमोडस्थित म्याक्रो मिनिमार्टले साल्टट्रेडिङ कर्पोरेसनबाट वितरित आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढी लिई बिक्री वितरण गरेको तथा ताहाचलस्थित मेगा मार्ट प्रालिले उपभोग्य गरिसक्नुपर्ने अवधि व्यतित भइसकेका वस्तु बिक्रीवितरण गरेको भेटिएको विभागले जनाएको छ । 

यसैबीच, विभागले साल्टट्रेडिङले उत्पादन गरेको नुन तोकिएभन्दा बढी मूल्यमा बिक्रीवितरण नगर्न सम्पूर्ण व्यवसायीमा अनुरोध गरेको छ । उपभोग्य वस्तु तोकिएभन्दा बढी मूल्यमा बिक्री गर्नु अनुचित व्यापारिक कार्य भएको र त्यस्ता कार्य गर्ने व्यवसायीलाई कडा कारबाही हुने विभागले स्पष्ट पारेको छ । 

उपभोक्ता संरक्षण ऐन, २०७५ मा निर्धारित मूल्यभन्दा बढीमा उपभोग्य सामग्री तथा म्याद नाघेका खाद्यवस्तु बिक्री गर्ने फर्ममाथि रु दुईदेखि तीन लाखसम्म जरिवाना हुने व्यवस्था रहेकातर्फ विभागले व्यवसायीको ध्यानाकर्षण गराएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ