arrow

अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
prithivi-rajmarga-tanahun-jam.jpg

मुग्लिन (चितवन) । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी खुलेको भएको छ ।  

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन रोकिएको थियो । 

अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए। 

उनले अनुसार आवागमन दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्ने बताउनुभयो । निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ । 

सो राजमार्गका दैनिक कति सवारी साधन आवतजावत हुन्छ भन्ने एकीन जानकारी सरकारी निकायसंग छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ