arrow

अध्यक्ष नेपालद्वारा पीडितलाई तत्काल उद्धार र राहत दिन माग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
madhav-nepal-03-15.jpg
फाइल तस्बिर

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाढीपहिरामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

अध्यक्ष नेपालले विज्ञप्ति जारी गर्दै केही दिनदेखि वर्षाका कारण बाढीपहिरोले देशका विभिन्न भागमा हालसम्म ८० जनाको निधन तथा पाँच जना बेपत्ता र ९७ जना घाइते भएकामा दुःख व्यक्त गरेका हुन् । 

प्राकृतिक विपत्तिका कारण दुई हजार सात सय ६४ घरपरिवार विस्थापित भएको तथा कयौँ भौतिक संरचना, लाखौँको अन्नबाली र ठूलो सङ्ख्यामा पशुचौपाया नष्ट भएको बताउँदै उनले पीडितलाई तत्काल उद्धार र राहत प्रदान सरकारको ध्यानाकर्षण गराएका छन् ।

हाल देशमा भइरहेको बाढीपहिरोलगायत विपद् व्यवस्थापनमा तत्काल खट्न सरकारलाई आग्रह गर्दै अध्यक्ष नेपालले बाढीपहिरो र डुबानबाट पीडितलाई तत्काल आवास, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, घाइतेका उपचार र मृतकका परिवारलाई आर्थिक सहयोगलगायत कार्य प्रभावकारी, निष्पक्ष र पारदर्शी रुपमा सञ्चालन गर्न माग गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आगामी दिनमा समस्या अझै गम्भीर हुने सम्भावना रहेकाले राज्यका सम्पूर्ण निकायहरू, जनप्रतिनिधि तथा आम जनसमुदायले प्राकृतिक विपत्तिमा आआफ्नो ठाउँबाट पीडित समुदायको उद्धार र राहत वितरणमा सक्रियताका साथ योगदान गर्न सम्पूर्ण पार्टी, जनसङ्गठन, जनप्रतिनिधि, पार्टी सदस्यहरू तथा सङ्घसंस्थालाई आह्वान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ