arrow

पृथ्वीराजमार्ग फेरि अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
prithivi-rajmarga-tanahun-jam.jpg
फाइल तस्बिर

पोखरा । सडक माथिबाट पहिरो खसेपछि पृथ्वी राजमार्ग फेरि अबरुद्ध भएको छ ।

धादिङको सलाङघाट नजिकै शुक्रबार बिहान करिब ३ बजे पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।

मंगलबार, बुधबार र बिहीबार पनि पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । यी ३ दिनमा खसेका थुप्रै पहिरोहरु पन्छाउने कार्य अझै पूर्ण हुन सकेको छैन ।

अविरल वर्षासँगै पहिरो खस्ने क्रम जारी छ र राजमार्ग घण्टौँ अवरुद्ध हुने गरेको छ । जसका कारण यात्रु सास्ती खेप्न बाध्य छन् ।

प्रहरीले राजमार्गको अवस्था बुझेर मात्र यात्रामा निस्कन आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ