- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकारका लागि दलहरुलाई आह्वान गरेका छन् ।
उनले संविधानको धारा ७६ (२) अनुसार नै दलहरुलाई नयाँ सरकारको दाबी पेश गर्न आह्वान गरेका हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार असार ३० गते साँझ ५ बजेभित्र दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दावी पेश गर्न समय दिइएको छ ।
यता, नेपाली कांग्रेस र एमालेका सांसदहरुले अस्ताक्षर तयार गरेर राखेका छन् ।